लेखापाल कुट्ने क्याम्पसप्रमुख निलम्बित

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

कालिकोटको तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंह निलम्बनमा परेका छन्। क्याम्पसप्रमुख सिंहले माघ २४ गते मदिरा सेवन गरी क्याम्पसका लेखापाल पदम विष्टमाथि हातपात गरेका थिए। 

लेखापालमाथि भएको हातपातप्रति विद्यालयका शिक्षक र कर्मचारीले संयुक्त विज्ञप्ति निकाली कानुनी कारबाहीको माग गरेका थिए।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखापालमाथि हातपात गरेको भन्दै क्याम्पसप्रमुख सिंहलाई निलम्बन गरी रुद्र सापकोटालाई क्याम्पसप्रमुखको जिम्मेवारी दिएको छ।

क्याम्पसप्रमुख रहेका सिंहले सोमबार बिहान मदिरा सेवन गरी लेखापाल विष्टमाथि हातपात गरेको खाँडाचक्र नगरपालिका– २ का वडाध्यक्ष महावीर पाण्डेले बताए। लामो समयदेखि क्याम्पसप्रमुख सिंहलाई कारबाही माग गर्दै क्याम्पसका कार्यरत कर्मचारी, शिक्षक, प्राध्यापक आन्दोलनरत थिए।
 

सुझावित समाचार