सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

मंगलबार, २५ माघ, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९३ हजार एक रुपैयाँ पुगेको छ। पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ छ, जुन अघिल्लो दिन ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
    
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार दुई सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय १९ डलर आसपास कारोबार भइरहेको छ।

सुझावित समाचार