पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। सोही अवधिमा एक हजार ५७० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन गरी ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। यस अवधिमा ६ हजार १४६ कोरोना संक्रमित निको भएका छन्। हाल देशभर ४० हजार १११ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।