थप १,३८६ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप एक हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पिसिआर र एन्टिजेन गरी ९ हजार २५१ जनामा नमुना परीक्षण गर्दा सो स‌ंख्यामा नयाँ संक्रमित थपिएका हुन् । 

सोही अवधिमा ८ हजार ७०४ जना संक्रमित निको भएका छन् । गत २४ घन्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार २४८ रहेको छ।

सुझावित समाचार