कमल थापाले उठाएका विषयमा छलफल भइरहेको छ : अध्यक्ष लिङ्देन

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको बताएका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधानबमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले यस्तो बताएका हुन्।

पूर्वअध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्याउने बताए। उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई चाँडै सकारात्मक सन्देश प्रवाह गरिने बताए।

‘अहिले कोही पनि सदस्य साथीहरू राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको अवस्था छैन। निवर्तमान अध्यक्षजीसँग केही विषयहरू छन्, त्यस विषयमा हामी छलफलमा छौँ। र, त्यो विषयमा पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौँ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरूलाई हामी निराश बनाउँदैनौँ। चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौँ,’ उनले भने।

सुझावित समाचार