थप १,७१४ कोरोना संक्रमित थपिँदा ४,७७१ निको भए

शनिबार, २२ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आठ हजार ५१३ जनामा गरिएको परीक्षणबाट सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट पाँच हजार २२५ र एन्टिजेन विधिबाट तीन हजार २८८ जनामा परीक्षण गर्दा पिसिआर र एन्टिजेन परीक्षणमा क्रमशः एक हजार १०१ र ६११ संक्रमित थपिएका हुन्।

यस अवधिमा चार हजार ७७१ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। थप नौजनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्। आज शनिबार देशभर पाँच लाख ८८ हजार ४४० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सुझावित समाचार