पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। सोही अवधिमा ३ हजार १७५ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा दश हजार २६ जनामा पिसिआर परीक्षण गर्दा २ हजार ७४२ र दुई हजार ५७९ जनामा एन्टिजेन परीक्षण गर्दा ४३३ जना गरी कुल ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ८ हजार ७२३ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ।