साना तथा लघु ऋणीहरूले मूल्यांकनका आधारमा विनाधितो कर्जा पाउन सक्ने व्यवस्था गर्न लागिएको छ । वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्यांकन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन)को परीक्षणका लागि मंगलबार राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच समझदारी भएको छ ।
यो विधिले काम गरेमा ग्राहकले व्यक्तिगत कारोबारका आधारमा कर्जा पाउने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा लुघुवित्त सुपरिवेक्षण विभाग प्रमुख सुमनकुमार अधिकारीले बताए । ‘अहिले या त धितोमा, या सामूहिक जमानीमा साना तथा लघु ऋणीहरूले कर्जा पाइरहेका छन्,’ अधिकारीले भने, ‘यो विधिले काम गरेमा भने ग्राहकको यसअघिको व्यक्तिगत कारोबार (मोबाइल, फोन, सार्वजनिक सेवाको भुक्तानी)को मूल्यांकनका आधारमा पनि ऋण पाउनेछन् ।’
हाल बैंक तथा वित्तीय संस्थाहरूले घर तथा जग्गाको धितोमा कुल कर्जाको करिब ६७ प्रतिशत कर्जा प्रवाह गरिरहेका छन् । हालसम्म व्यक्तिगत र सामूहिक जमानीमा कुल कर्जाको ४ प्रतिशतभन्दा कम रकमबराबरको कर्जा गएको छ । त्यसैले अहिलेको अवस्थामा ग्राहकको व्यक्तिगत मूल्यांकनका आधारमा मात्र कर्जा जारी हुन सहज छैन । यही कारण सम्झौताका लागि प्रस्ताव आएको करिब एक वर्षपछि मात्रै यस्तो सम्झौता गरिएको छ ।
‘हाम्रो मुलुकको परिप्रेक्ष्यमा यो निकै चुनौतीपूर्ण देखिएकै कारण हामीले प्रस्ताव आएको एक वर्षपछि मात्रै यस्तो सम्झौता गरेका हौँ,’ राष्ट्र बैंकका एक अर्का उच्च अधिकारीले भने,