सेयर बजारमा नाटकीय ‘युटर्न’

एक सय पाँच अंकले बढेको नेप्सेमा फाइनान्स र विकास समूूहतर्फ बढ्यो आकर्षण

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूूचकमा नाटकीय ‘युुटर्न’ आएको छ । आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने विषयमा राजनीतिक दलहरू करिब सहमतिनजिक भएसँगै बजारमा त्यसको प्रभाव परेको हो । अघिल्लो हप्ता चार कारोबार दिन नेप्सेमा उच्च करेक्सन भएको थियो । नेप्से बढ्नका लागि टेवा खोजिरहेको अवस्थामा चुुनाव हुने माहोल बहाना बन्दा बजारमा उछाल आएको सेयर बजार दबाब समूूहका महासचिव तथा लगानीकर्ता नयन बाँस्तोला बताउँछन् । प्रोफिट बुक गर्ने लगानीकर्ता पनि कम भएको र बिस्तारै अफ सिजनको समय पनि सकिन लाग्दा, सबै हिसाबले बजार फरक तरिकाले मुुभ गर्न खोजेको बाँस्तोलाको भनाइ छ ।

नेप्से आइतबार एक सय पाँच दशमलव ५५ अंकले बढेर दुुई हजार आठ सय ८५ दशमलव ५३ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क‘ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १९ दशमलव ८१ अंकले बढेर पाँच सय ३८ दशमलव ५३ बिन्दुुमा पुुगेको छ । कारोबारमा आएका १३ वटै समूूहका सूूचक सकारात्मक हुुँदा विकास बैंक ६ दशमलव ५६ प्रतिशतले बढेको छ भने फाइनान्स समूूह पनि ६ दशमलव ३४ प्रतिशतले बढ्दा यी समूूहमा सबैभन्दा बढी लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । त्यस्तै, जलविद्युुत् समूूह, माइक्रो फाइनान्स समूूह, होटेल तथा पर्यटन समूूह, वाणिज्य बैंक समूूह, निर्जीवन बिमा समूूहका सूूचक उल्लेख्य सकारात्मक बन्दा लगानीकर्ताले लगानी बढाएका छन् ।

उच्च अंकले बढेको नेप्सेमा एक सय ९० वटा स्क्रिप्टको सेयर मूूल्य बढेको छ भने मैलुुङखोला जलविद्युुत् कम्पनीको सेयर मूूल्य मात्र घटेको छ । जसमा विन लघुुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), बुद्धभूूमि हाइड्रोपावर कम्पनीको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, हिमालयन ऊर्जा विकास कम्पनी, प्रोग्रेसिभ फाइनान्स कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतदेखि नौ प्रतिशतसम्म बढेको छ ।

बढेको बजारमा केही प्रोफिट बुुक राख्दा सेयर कारोबार पनि बढेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय ३१ स्क्रिप्टको एक करोड २१ लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनी, नेपाल दूूरसञ्चार कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको १४ करोड रुपैयाँदेखि २६ करोड १५ लाख रुपैयाँसम्म सबैभन्दा धेरै कारोबार भएको छ  ।

 सेयर गतिविधि
एनएलजी इन्स्योरेन्स कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र शूून्य दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सो प्रस्ताव बिमा समितिबाट स्वीकृत र साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीलाई प्राप्त हुनेछ ।

See More On

सुझावित समाचार