राष्ट्रिय सभा बैठक १७ माघमा बस्ने

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक आगामी १७ माघमा बस्ने भएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ माघ दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम अध्यक्षले १७ माघका लागि बैठक बोलाएको जनाएका छन् ।

गत २ माघमा अनिश्चित समयका लागि बैठक स्थगितको सूचना जारी गरिएको थियो । राष्ट्रिय सभा र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले गत भदौबाट निरन्तर अवरोध गर्दै आएको छ ।

सुझावित समाचार