एकैदिन ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

बिहिबार, १३ माघ, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार आठ सय आठजनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सही अवधिमा पाँच हजार दुई सय ९२ जना कोरोनामुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ९० हजार पाँच सय ७६ रहेको छ। 

सुझावित समाचार