जोरबिजोरले घटायो भिड : आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण
जोरबिजोरले घटायो भिड : आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि सरकारले यातायातका साधनमा लागू गरेको जोरबिजोर प्रणालीले शनिबार उपत्यकामा भिडभाड केही घटेको छ । आइतबारबाट थप कडाइ गर्ने प्रहरीको तयारी छ ।

जोरबिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले उपत्यकाभित्र ठाउँठाउँमा चेक प्वाइन्ट बनाएको छ । काठमाडौंमा मात्रै यस्ता २६ भन्दा धेरै प्वाइन्ट बनाएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीसँगको सहकार्यमा बनाइएको चेक प्वाइन्टमा शनिबार छिटफुटबाहेक कुनै पनि यातायातका साधनलाई नियन्त्रणमा लिइएन । पहिलो दिन भएकाले सम्झाएर पठाएको, तर आइतबारदेखि कडाइ गर्ने प्रहरीको भनाइ छ ।

सुझावित समाचार