माघ १० गतेबाट खाडी र मलेसियामा भिजिट भिसामा भ्रमण जान रोक

शुक्रबार, ७ माघ, २०७८
डिजिटल संस्करण

गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र  मलेसियामा गएकाहरू विचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो ।

अर्काे आदेश जारी नहुन्जेलसम्मको लागि माग १० गते देखि लागू हुने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

See More On

सुझावित समाचार