भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । बैंकले दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

बैंककी सिइओ अनुपमा खुञ्जेलीले सहयोग रकमको चेक भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई हस्तान्तरण गरेको जनाइएको छ । उक्त अवसरमा सिसिटिभी जडान समितिका संयोजक प्रदीपकुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रनाउ राजु पाण्डेको सहभागिता रहेको उल्लेख छ । 

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताइन् ।

सुझावित समाचार