पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार शनिबार थप नौ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हो। देशभर नौ हजार सात सय ६२ जनामा पिसिआर परीक्षण गर्दा ६९६ र तीन हजार पाँच सय दुईजनामा एन्टिजेन परीक्षण गर्दा २४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार नौ सय ६८ जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या भने शून्य छ। सोही अवधिमा दुई सय ९७ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या छ हजार एक सय ४० रहेको छ।