पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टि

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २७१ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट परीक्षण गर्दा ४७८ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२ जना नयाँ संक्रमित थपिएका हुन्। बितेकाे २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तीन दिनयताको कोरोना संक्रमणदर बढ्दो क्रममा छ। बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै, मंगलबार ३९३ जना र सोमबार ३२६ कोरोना संक्रमित देखिएका थिए। तीन दिनयताको तथ्यांक विश्लेषण गर्दा बिहीबार संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ। 

सुझावित समाचार