२६३ कोरोना संक्रमित निको भए, तीनजनाको मृत्यु

मंगलबार, २० पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार ३२९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट सात हजार ७९४ जनाको परीक्षण गर्दा ३५५ र एन्टिजेन विधिबाट एक हजार ५३५ जनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो।
यस अवधिमा तीन कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी २६३ जना संक्रमणमुक्त भएका छन्। अब नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ९४ रहेको छ। मंगलबार देशभर तीन लाख १६ हजार ७७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सुझावित समाचार