थप २१६ जनामा कोरोना पुष्टि, दुई संक्रमितको मृत्यु

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सात हजार ६३१ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट पाँच हजार ९६२ जनाको परीक्षण गर्दा २१३ र एन्टिजेन विधिबाट एक हजार ६६९ जनाको परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो।

यस अवधिमा दुई संक्रमितले ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ। यसैगरी २०९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ९७१ रहेको छ। आज आइतबार देशभर एक लाख ३३ हजार ८१२ जनाले कोभिड–१९ को खोप लगाएका छन्।

सुझावित समाचार