सात प्रदेशबीचको मेलमिलापले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण
सात प्रदेशबीचको मेलमिलापले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात प्रदेशबीचको मेलमिलापले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताएका छन्। शुक्रबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा सुन्दरीजलस्थित विपी संग्रालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्। 

अहिले देश संघीयतामा गइसकेको अवस्थामा पहिलेको भन्दा अहिलेको मेलमिलापमा फरक भएको बताउँदै उनले भने, ‘आज सात प्रदेशबीचको एकता आवश्यक छ। सात प्रदेशबीचको मेलमिलापले राष्ट्रिय एकतालाई मजबुत बनाउँछ।’

विभिन्न जातजाति तथा धर्महरूको बीचमा मेलमिलापसहित राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापलाई अझ बलियो बनाउन नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको देउवाको धारणा थियो।  
 

सुझावित समाचार