थप २७१ जनामा कोरोना संक्रमण, २२५ जना संक्रमणमुक्त

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ८८६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट नौ हजार १५७ जनाको परीक्षण गर्दा २५१ जना र एन्टिजेन विधिबाट एक हजार ७२९ जनाको परीक्षण गर्दा २० जना संक्रमित थपिएका हुन्।

यस अवधिमा कोरोना संक्रमणबाट एकजनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ। यस्तै, २२५ जना संक्रमणमुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ९३१ मा झरेको छ। आज सोमबार देशभर पाँच लाख ६८ हजार ३१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सुझावित समाचार