२१९ संक्रमित थपिँदा २८३ जना निको भए

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नौ हजार ६७७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट सात हजार १८० जनाको परीक्षण गर्दा २१३ जना तथा एन्टिजेन विधिबाट दुई हजार ४९७ जनाको परीक्षण गर्दा ६ जना संक्रमित भेटिएका हुन्।

यस अवधिमा नेपालमा दुई संक्रमितले ज्यान गुमाएका छन् भने २८३ जना निको भएका छन्। आज आइतबार देशभर ७६ हजार ३३० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ९०६ मा झरेको छ।

सुझावित समाचार