थप १६७ जनामा कोरोना संक्रमण, २२६ जना निको भए

शनिबार, १० पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ४४७ जनामा गरिएको परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन् । चार हजार २८३ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५७ जना र दुई हजार १६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।

यस अवधिमा एक कोरोना संक्रमितले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। यसैगरी, २२६ जना संक्रमणमुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ९७८ मा झरेको छ। आज शनिबार देशभर दुई लाख ५५ हजार ४५८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ।

सुझावित समाचार