पछिल्लो २४ घन्टामा नेपालमा दुई सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार आठ सय ९८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट आठ हजार ६० जनाको परीक्षण गर्दा दुई सय ३७ र एन्टिजेन विधिबाट तीन हजार आठ सय ३८ जनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।
यस अवधिमा कोरोना भाइरस संक्रमणका कारण एकजनाले ज्यान गुमाएका छन्। यसैगरी, तीन सय ४९ संक्रमित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४८ मा झरेको छ। शुक्रबार देशभर तीन लाख २९ हजार तीन सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ।