२६३ जना निको हुँदा २९३ संक्रमित थपिए

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ११ हजार ६ सय २६ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट नौ हजार पाँच सय १० र एन्टिजेन विधिबाट दुई हजार एक सय १६ नमुना परीक्षण गर्दा क्रमशः दुई सय ४१ र ५२ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा नेपालमा दुई कोरोना संक्रमितको मृत्यु भएको र दुई सय ६३ जना संक्रमणमुक्त भएका मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। दुई सय ६३ जना निको भएसँगै नेपालमा अब कोरोनाका पाँच हजार एक सय ६१ सक्रिय संक्रमित रहेका छन्। बिहीबार देशभर दुई लाख ८२ हजार ६  सय ४१ जनाले कोभिड– १९ को खोप लगाएका छन्।

सुझावित समाचार