नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार ९८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ थालिएको उनले बताइन्। यस्तै, जिन सिक्वेन्सिङ गर्दा २२ जनामा डेल्टा भेरियन्ट देखिएको उनले बताइन्।
यसअघि दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा जम्मा २३६ जनामा कोरोना संक्रमण भएको छ। सोही अवधिमा २७२ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ।
थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि
लहानका गर्भवती र सुत्केरीलाई खाद्य सामग्री वितरण
४ हप्ता अघि
सुझावित समाचार
चाडपर्व नजिकिएसँगै खाँदबारीमा बजार अनुगमन
संखुवासभा/ चाडपर्वको समय नजिकिएसँगै संखुवासभाको खाँदबारी नगरपालिकामा बजार अनुगमन सुरु भएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्…
शुक्लाफाँटा ८ मा सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण अनिवार्य
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडा कार्यालयले सरकारी सेवा लिनका लागि आधारभूत तह उत्तीर्ण अनिवार्य गरेको छ। वडा …
शवदाह गृहमा पालिकाबाहिरका शव जलाउन रोक लगाउने वडाध्यक्षसँग २४ घन्टे स्पष्टीकरण माग
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित व्यवस्थित शवदाह गृहमा नगरपालिका क्षेत्रबाहिरका शव जलाउन रोक लगाएको विषयम…
वीरेन्द्रनगरका शैक्षिक संस्थामा पनि एक दिन बिदा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सामुदायिक विद्यालयमा एक दिन बिदा हुने भएको छ। अ…
वडास्तरीय रनिङ सिल्डमा चन्दननाथ मावि प्रथम
जुम्लाको चन्दननाथ नगरपालिका– ४ को आयोजनामा सम्पन्न वडास्तरीय रनिङ सिल्ड प्रतियोगितामा चन्दननाथ मावि प्रथम भएको छ। १७ स्वर्ण …
साँगुरीगढीमा प्यान दर्ता र वितरण सेवा सुरु
धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा वितरण सेवा सुरु ग…