२३२ जना निको हुँदा २९० संक्रमित थपिए

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर दुई सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १७ हजार ८९ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १२ हजार चार सय ७३ नमुना परीक्षण गर्दा दुई सय ५२ र एन्टिजेन विधिबाट चार हजार ६ सय १६ नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा तीन कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार दुई सय ३२ संक्रमित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार दुई सय ४२ मा झरेको मन्त्रालयले जनाएको छ। आज देशभर दुई लाख ४७ हजार आठ सय १४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सुझावित समाचार