थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको भए

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा निको हुनेको संख्या २ सय ६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बितेकाे २४ घण्टामा देशभर ४ हजार १ सय ४१ जनामा कोरोना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या देशभर ५ हजार २ सय २५ जना रहेको छ। 
 

सुझावित समाचार