पछिल्लो २४ घण्टामा नेपालमा १८४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। ११ हजार १८ नमुना स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख गरिएको छ। पिसिआर विधिबाट सात हजार २३० नमुना परीक्षण गर्दा १६० र एन्टिजेन विधिबाट तीन हजार ७८८ नमुना परीक्षण गर्दा २४ जनामा कोभिड–१९ पुष्टि भएको हो।
यस अवधिमा नेपालमा दुई संक्रमितको ज्यान गएको छ भने २६७ संक्रमित निको भएर डिस्चार्ज भएका छन्। २६७ जना निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५२६ मा झरेको छ। मन्त्रालयका अनुसार बिहीबार देशभर दुई लाख ४० हजार ५६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।