कांग्रेस महाधिवेशन : देउवा जिततिर अग्रसर

बुधबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

शेरबहादुर देउवा जिततिर अग्रसर भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको लागि भएको दोस्रो चरणको मतदानमा ३५६४ मत गणना हुँदा देउवाले २११८ मत ल्याएका छन् । प्रतिस्पर्धी डा. शेखर कोइरालाको पक्षमा १४१९ मत परेको निर्वाचन समितिले जनाएको छ । 
देउवाले ६९९ मतको अग्रता लिइसकेका छन् । 

२६ मत बदर भएको छ । दोस्रो चरणमा चार हजार पाँच सय ६४ मत खसेको थियो । कुल खसेको मतमध्ये अब ११४७ मत मात्र गन्न बाँकी छ । 

पहिलो चरणमा कुनै पनि उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि पहिलो र दोस्रो भएका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

सुझावित समाचार