२६४ संक्रमित थपिँदा ३६२ जना संक्रमणमुक्त

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा नेपालमा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १३ हजार ७०९ स्वाब नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट नौ हजार ३९२ नमुना परीक्षण गर्दा २२९ जना र एन्टिजेन विधिबाट चार हजार ३१७ नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा दुई संक्रमितको मृत्यु भएको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। आज ३६२ कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ६८९ मा झरेको छ। मन्त्रालयका अनुसार आज मंगलबार देशभर दुई लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सुझावित समाचार