निरीक्षणका लागि देउवा र खाण पुनः मतदानस्थलमा, रोकिएको मतदान सुरु

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण
निरीक्षणका लागि देउवा र खाण पुनः मतदानस्थलमा, रोकिएको मतदान सुरु

फाइल फोटो ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अहिले मतदान जारी छ। राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतपत्र सकिएर केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।

अहिले प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। मतदान गरेर बाहिरिएका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा तथा गृहमन्त्री एवं नेता बालकृष्ण खाण मतदानस्थलमा पुगेका छन्। दुवैजना मतदानको निरीक्षणका लागि पुगेका हुन्। कांग्रेस महाधिवेशनमा १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नयाँ नेतृत्वका लागि राष्ट्रिय सभागृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदान भइरहेको छ।

सुझावित समाचार