२५९ कोरोना संक्रमित थपिए, ३३७ जना संक्रमणमुक्त

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा देशभर २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार ४८७ स्वाब नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर विधिबाट ६ हजार ४७२ नमुना परीक्षण गर्दा २३२ जना र एन्टिजेन विधिबाट चार हजार १५ नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो।

यस अवधिमा नेपालमा तीन कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज ३३७ संक्रमित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ९९७ मा झरेको छ। आज शुक्रबार देशभर तीन लाख २९ हजार ३२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

सुझावित समाचार