लमजुङमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ग.१ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। 

दुर्घटनामा थप ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका–२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र तथा अर्का एक स्थानीय रहेको बताइएको छ। उनीहरुको पहिचान भने खुलेको छैन। जिप मर्स्याङ्दीको कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै गरेको थियो। घाइतेको उद्धारपश्चात् जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए।

सुझावित समाचार