पछिल्लो २४ घण्टामा नेपालमा ३१५ कोरोना भाइरस संक्रमित थपिएका छन्। ११ हजार ८१० जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ। पिसिआर विधिबाट नौ हजार ३८६ जनाको परीक्षण गर्दा २७२ र एन्टिजेन विधिबाट दुई हजार ४२४ जनाको परीक्षण गर्दा ४३ संक्रमित थपिएका हुन्।
यो समयमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०४ जना संक्रमणमुक्त भएका छन्। सो संख्यामा कोरोना संक्रमित निको भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ मा झरेको छ। मंगलबार देशभर एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ।