पछिल्लो २४ घण्टामा नेपालमा २०५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। १० हजार ७४७ स्वाब परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सात हजार ९९५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई सय र एन्टिजेन विधिबाट दुई हजार ७५२ नमुनाको परीक्षण गर्दा पाँचजनामा संक्रमण भएको पाइएको हो। यस अवधिमा कोरोना भाइरस संक्रमणका कारण एकजनाले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार यस अवधिमा ४३६ संक्रमित निको भएका छन्। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ मा झरेको छ। आज आइतबार देशभर ५७ हजार ९३० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ।