पछिल्लो २४ घन्टामा नेपालमा दुई सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। छ हजार नौ सय ९७ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट पाँच हजार दुई सय ९५ नमुना परीक्षण गर्दा दुई सय २० तथा एन्टिजेन विधिबाट एक हजार पाँच सय दुई नमुना परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको हो।
सो अवधिमा पाँच संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। शनिबार देशभर एक लाख ३० हजार छ सय ८८ जनाले खोप लगाएका छन् भने तीन सय ९२ संक्रमित निको भएका छन्। योसँगै नेपालमा अब ६ हजार सात सय ४४ सक्रिय संक्रमित रहेका छन्।