३१६ कोरोना संक्रमित थपिए, २५९ जना संक्रमणमुक्त

बुधबार, १५ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा तीन सय १६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। १२ हजार सात सय २७ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। १० हजार नाै सय १९ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई सय ८५ जनामा र एक हजार आठ सय आठ नमुनाका एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा तीन कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने दुई सय ५९ जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार नाै सय ५४ मा झरेको छ। बुधबार देशभर दुई लाख २७ हजार पाँच सय ८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

See More On

सुझावित समाचार