२५९ संक्रमित थपिँदा २६४ जना निको भए

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नौ हजार आठ सय ८८ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट सात हजार दुई सय ३१ नमुना परीक्षण गर्दा दुई सय ४३ तथा एन्टिजेन विधिबाट दुई हजार ६ सय ५७ नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा एक संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोमबार देशभर एक लाख ४४ हजार पाँच सय ३४ जनाले खोप लगाएका छन् भने दुई सय ६४ संक्रमित निको भएका छन्। योसँगै नेपालमा अब ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन्।

सुझावित समाचार