प्रधानन्यायाधीश जबरा निभ्न लागेकाे बत्ती हुन् : बार पूर्वअध्यक्ष दाहाल

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निभ्न लागेको बत्ती भएको टिप्पणी गरेका छन्। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै सर्वोच्च परिसरमा भएको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएपछि पूर्वअध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन्।

उनले भने, ‘प्रधानन्यायाधीश निभ्न लागेका बत्ती हुन्। विनाशकाले विपरीत बुद्धि भनेजस्तो चोलेन्द्रले विपरीत बाटो लिइरहेका छन्। दंगा प्रहरी लगाएर गरिएको दमन र क्षतिको जिम्मेवार चोलेन्द्र हुन्। न्यायको निष्पक्षता र स्वच्छताका लागि यो आन्दोलन भएको हो।’ 

भ्रष्टाचारमुक्त न्यायपालिकाका लागि आफूहरू मरिमेटेर लागेको उनको भनाइ थियो। 
 

सुझावित समाचार