थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

बुधबार, १ मंसिर, २०७८
डिजिटल संस्करण

देशभर थप चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ६३ र एन्टिजेन परीक्षणमा ४९ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा १० हजार एक सय ६ जनाको पिसिआर परीक्षण र एक हजार आठ सय ८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर सात हजार ६ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार दुई सय दुईजना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ८३ पुगेको छ ।
 

सुझावित समाचार