समयमै महाधिवेशन गर्न नसक्नु पार्टीको सामूहिक क्षयीकरणको प्रमाण हो : नेता थापा (भिडियो)

सोमबार, २९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले समयमै महाधिवेशन गर्न नसक्नु पार्टीको सामूहिक क्षयीकरणको प्रमाण भएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता थापाले नेताहरू पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटकपटक चुकेको बताए।

'कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशनहरू सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ। केही साथीहरू अनसन बसिरहनुभएको छ, केही साथीहरू अनसन बस्ने तयारीमा हुनुहुन्छ। नेपाली कांग्रेसजस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनुभन्दा १५/२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरूलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो,' नेता थापाले भने, 'समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामूहिक क्षयीकरणको प्रमाण हो। नेपाली कांग्रेसका नेताहरू पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटकपटक चुकेका छन्।’

आइतबार बसेको  केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको उनले बताए।

सुझावित समाचार