मुस्ताङ भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो, भागदौडका क्रममा सातजना घाइते

आइतबार, २८ कार्तिक, २०७८
डिजिटल संस्करण
मुस्ताङ भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो, भागदौडका क्रममा सातजना घाइते

तस्बिर : दीपक श्रेष्ठ

धौलागिरि हिमाल क्षेत्रमा आज मध्याह्न हिमपहिरो गएको छ। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर–२ मा बोक्सी खोला माथि भुर्जुङको माथिल्लो क्षेत्रमा हिमपहिरो गएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

अधिकारीका अनुसार बेनी जोमसोम सडकको ७०० मिटर पर पहिरो गएको हो।  पहिरोका कारण कुनैपनि मानवीय क्षति नभएको उनले जानकारी दिए। यद्यपि, पहिरो आएपछि भागदौड गर्दा स्थानीय सातजना सामान्य घाइते भएका छन्। बोक्सी खोलाको आसपासका मानिसलाई अलर्ट राखिएको उनले बताए। ‘हिमपहिरोबाट कुनै मानविय क्षति छैन। पहिरो आयो आयो भनेर भाग्दा पहिरो क्षेत्र बाहिरका ६/७ जना सामान्य घाइते भएका छन्’ नयाँपत्रिका संग सिडिओ शर्माले भने, ‘बोक्सी खोलाको तटीय क्षेत्रमा चौंरीहरुको क्षति हुन सक्ने भनेर प्रहरीले स्थानीयलाई अलर्ट रहन भनेको छ ।’

सिडिओ शर्माका अनुसार आज विहान ११ : ४० बजे आसपासमा उक्त क्षेत्रमा हिमपहिरो गएको हो। आफू अहिले पहिरोस्थलमै रहेको जानकारी दिँदै सिडिओ शर्माले भने,‘म पहिरो स्थलमै छु । हिमपहिरोका कारण यहाँ कुनै समस्या उत्पन्न भएको छैन।’

सुझावित समाचार