१० देशका राजदूत संसदीय सुनुवाइबाट अनुमोदित, साउदी अरेबिया र मलेसियाका लागि प्रस्तावित नाम अस्वीकृत

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं- १० देशका लागि प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट अनुमोदित भएका छन्। संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। 

भारतका लागि डा.निश्चलराज पाण्डे, चीनका डा.कल्याणराज शर्मा, अमेरिकाका चिरनजंग थापा, बेलायतका गौरवशमशेर जबरा, इजरायलका सुरेश कर्ण, दक्षिण कोरियाका डा. संगम श्रेष्ठ, स्पेनकी प्राप्ति शेरचन, श्रीलंकाकी डा.मञ्चला झा, जर्मनकी सरु जोशी र ओमानकी डा.पद्याक्षी राणाको नाम अनुमोदन भएको हो। 

साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम भने तत्कालका लागि अस्वीकृत भएको छ। महिला हिंसालगायतको गम्भीर उजुरी परेपछि उनको नाम अस्वीकृत भएको हो। 

मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलको नाम पनि अस्वीकृत भएको छ।  

त्यस्तै, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सुनुवाइमा भने केही पत्रहरू आउन बाँकी रहेको भन्दै दसैँपछि समितिले निर्णय गर्ने भएको छ। 

सुझावित समाचार