थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप तीन सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय एक र एन्टिजेन परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा नौ हजार ६ सय नौजनाको पिसिआर परीक्षण र तीन हजार ४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर सात हजार पाँच सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार दुई सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ६६ पुगेको छ ।
 

सुझावित समाचार