थप ४४० जनामा कोरोना संक्रमण पुष्टि, ६को मृत्यु

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप चार सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ८७ र एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण देखिएको हो ।  

यो अवधिमा पाँच हजार चार सय सातजनाको पिसिआर परीक्षण र एक हजार चार सय सातजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर सात हजार पाँच सय १९ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार चार सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय ६० पुगेको छ ।
 

सुझावित समाचार