हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण
हिमाली क्षेत्रमा हिमपातको सम्भावना

फाइल तस्बिर

अरब सागरमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागे पनि आकाश खुला भएकाले बढी चिसो महसुस गर्न थालिएको छ । महाशाखाका अनुसार मंगलबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना भने कायमै रहनेछ ।

See More On

सुझावित समाचार