देशभर थप चार सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा तीन सय ७६ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा पाँच हजार सात सय ३१ जनाको पिसिआर परीक्षण र दुई हजार एक सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर नौ हजार तीन सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार पाँच सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा आठजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार चार सय सात पुगेको छ ।