आमनिर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नहुने बताएकी छिन्। बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठबन्धनका विषयमा कुरा उठेको छैन। कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ।’  कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ। 

फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन्। उनले भनिन्, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ। विश्वास गर्नुपर्यो। समयमा नै अधिवेशन हुनुपर्छ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन्। राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारीबारे समय आएपछि मात्र जानकारी दिने बताइन्। 

सुझावित समाचार