थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, दुईको मृत्यु

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप पाँच सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय २७ र एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा आठ हजार आठ सय ४८ जनाको पिसिआर परीक्षण र दुई हजार पाँच सय सातजनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १० हजार दुई सय २६ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा दुईजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ८२ पुगेको छ ।
 

सुझावित समाचार