थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, आठको मृत्यु

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय ८२ र एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो। 

यो अवधिमा सात हजार एक सय ६७ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

हाल देशभर १० हजार तीन सय ७५ जना सक्रिय संक्रमित रहेका छन्।  बुधबार चार सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

पछिल्लो २४ घन्टामा आठजना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ८० पुगेको छ।
 

सुझावित समाचार